काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले ३ लाख ३ हजार ४२६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
चैत १३ गते सूचना जारी गर्दै कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालय सुविधानगर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरूले आवेदन नदिएमा भने अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्य तोकेर यी शेयर विक्रीमा ल्याएको हो ।