काठमाडौं । मंगलवार स्पेशल प्रि-ओपन सेसनमा शुभम पावर कम्पनीको पहिलो कारोबार भएको छ ।
कम्पनीको शेयर प्रतिकित्ता रू. २६५ मा पहिलो कारोबार भएको हो । कम्पनीको शेयर आइतवारै पहिलो कारोबार हुनुपथ्र्यो । सो दिनको म्याचिङ नभएका कारण स्पेशल प्रि–ओपन सेसनमा कारोबार नभएपछि पहिलो कारोबार मंगलवारका लागि सरेको हो ।
गत बिहीवार अथात् फागुन १८ गते नेप्सेमा कम्पनीको शेयर सूचीकृत भएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई निष्कासन गरेको १९ हजार ४२० कित्ता, सर्वसाधारण शेयरधनीहरूलाई निष्कासन गरेको ५ लाख ८० हजार ५८० कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १४ लाख कित्तासहित २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले प्रतिकित्ता न्यूनतम रू. ८८ दशमलव ४८ देखि २६५ दशमलव ४४ सम्मको ओपनिङ रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा मंगलवार कम्पनीको पहिलो कारोबार भएको हो ।