काठमाडौं । एमजी मोटर्स नेपालको अधिकृत आयातकर्ता तथा वितरक प्यारामाउण्ट मोटर्सले ग्राहकका लागि उत्कृष्ट विक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ ।
यसरी कम्पनीले १०० भन्दा बढी स्पेयर पार्टस्को मूल्य औसत ३० प्रतिशतले घटाएर एमजीका सबै ग्राहकलाई सस्तो र सहज सेवा उपलब्ध गराउने घोषणा गरेको बताइएको छ ।
यसैगरी कम्पनीले सेवा पहुँचलाई राष्ट्रव्यापी बनाउन निरन्तर लगानी गर्दै आएको बताइएको छ ।
काठमाडौं उपत्यकामा ३ ओटा पूर्ण–सुविधायुक्त सेवा केन्द्र र देशभर फैलिएको डिलरशिप नेटवर्कमा १२ भन्दा बढी अतिरिक्त सेवा केन्द्रको साथ कम्पनीले ग्राहकलाई अद्वितीय सहजता र सहयोग प्रदान गर्दै आएको बताइएको छ ।