हेटौंडा । त्रिभुवन राजपथ मर्मतसम्भार गर्न यही असार १३ र १४ गते दुई दिन यातायात बन्द गरिने भएको छ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको लामिडाँडा–सिमभञ्ज्याङ्ग सडकखण्डमा यसै साता शुक्रवार र शनिवार सवारी आवागमन बन्द हुने भएको हो ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार हेटौँडास्थित सडक डिभिजन कार्यालय मकवानपुरले त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडकखण्ड मकवानपुरको रानी भञ्ज्याङ्ग मोडमा सडक मर्मत तथा ह्युमपाइप बिछ्याउने भएकाले यातायात बन्द गरिएको हो । शुक्रवार र शनिवार दिउँसो १२ देखि ४ बजेसम्म उक्त सडकखण्डमा यातायात बन्द हुनेछ ।