काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्वाण घोष दस्तिदार सम्मानित भएका छन् । उनी ‘बैंकिङ सीईओ अफ द एयर नेपाल २०२४’ बाट सम्मानित भएका हुन् ।
ग्लोबल बैंकिङ एण्ड फाइनान्स रिभ्यू, यूकेले उक्त अवार्डबाट सीईओ दस्तिदारलाई सम्मान गरेको हो । सन् २०११ मा स्थापना भएको यो संस्थाले वित्तीय संस्थाको नवीनता, उपलब्धि, रणनीति, प्रगतिशील र प्रेरणात्मक परिवर्तनका आधारमा मूल्यांकन गर्दै आएको बताइएको छ ।