काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनको मूल्य तोलाको ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले १ हजार ८२५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।