काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमवार प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भइहेको छ । आइतवार सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । आइतवार २ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवारका लागि २ हजार ६५ रुपैयाँ तोकिएको छ ।
आज अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस १५.८४ अमेरिकी डलरले घटेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ७३३.२३ अमेरिकी डलर पुगेको छ ।