काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य स्थिर रहेको छभने चाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात सोमवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।