काठमाडौं । सुनको मूल्यमा आज (शुक्रवार) पनि कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ तोकिएको छ ।
गत बिहीवार सुनको भाउ तोलाको १ लाख ६२ हजार ४०० रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको भाउमा कीर्तिमान कायम भएको थियो ।
सुनको मूल्य पछिल्ला दिनहरूमा निरन्तर बढिरहेको छ । रुस–युक्रेन युद्ध, मध्यपूर्वमा तनावलगायत कारणले अन्तरराष्ट्रिय बजारमा समेत सुनको मूल्य बढिरहेको यसको प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरू बताउँछन् ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर १ हजार ९८० रुपैयाँ कायम भएको छ । हिजो यसको भाउ तोलाको १ हजार ९५० रुपैयाँ तोकिएको थियो ।