काठमाडौं । आज बिहान काठमाडौंको सितापाइलास्थित एक सर्भिस सेन्टरमा पार्किङ गरेर राखिएको विद्युतीय कार भित्रबाट धुँवा निस्कियो ।
सेरेस ब्राण्डको उक्त कारमा तार शर्ट भएर धुँवा निस्किएको कम्पनीले जनाएको छ । गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
‘उक्त गाडी विगतमा अनधिकृत सेवा केन्द्रहरूमार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ प्रेस नोटमा भनिएको छ ।
कम्पनीले स्थितिलाई नियन्त्रण लिइसकिएको र ब्याट्री–मोटरमा क्षति नभएको जनाएको छ । यसबारे थप अनुसन्धान पनि भइरहेको कम्पनीको भनाइ छ ।
साथै कम्पनीले आफ्नो सवारी साधनको मर्मत सम्भार तोकिएको सेवा केन्द्रमार्फत् मात्र गराउन अनुरोध गरेको छ ।