काठमाडौं । हुन्डाई मोटर कम्पनीले आफ्नो ब्राण्ड मूल्यांकन २३ अर्ब डलर पुगेको घोषणा गरेको छ ।
यससँगै कम्पनी सन् २०२४ को इन्टरब्रान्ड वरियतामा विश्वको शीर्ष ३० मा उक्लिएको छ। यसअघि कम्पनी उक्त वरीयतामा विश्वको ३६ औं स्थानमा थियो । कम्पनीले लगातार दोस्रो वर्ष वरीयतामा सुधार गरेको हो ।
पाँच वर्षको अवधिमा कम्पनीको ब्रान्ड मूल्यमा ६३ प्रतिशतको वृद्धि हुण्डाई मोटरले जनाएको छ । ब्राण्डको मूल्य वृद्धिमा कम्पनीको ब्राण्ड भिजनले योगदान पुर्याएको हुण्डाई मोटरले छ ।
कम्पनीले आफ्नो विश्वव्यापी ब्राण्ड प्रभाव विस्तार गर्न रणनीतिक योजना पनि लागू गरिरहेको छ।
कम्पनीले दक्षिण कोरियाको उल्सानमा नयाँ इलेक्ट्रिक भेहिकल (ईभी) कारखाना र साउदी अरबमा पूर्ण नक डाउन (सीकेडी) कारखाना खोल्ने योजना बनाएको छ । यस्तै, आर्चरी, फुटबल प्रतियोगतासँगै ह्विटनी म्युजियम अफ आर्टको प्रायोजन र नाइट फिशिङको प्रिमियर गरेकाले ग्राहकको संलग्नता बढाएको कम्पनीले जनाएको छ।
हुण्डाई मोटरका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत जेहोन चाङले भने, ‘हुण्डाई मोटरले गाडी निर्माणभन्दा पर गएर भविष्यको गतिशीलतामा नयाँ मार्गमा अघि बढ्नेछ। हाम्रो प्राविधिक प्रगतिले मानवताको लागि दिगो भविष्य बनाउनेछ।’
इन्टरब्रान्डले प्रत्येक वर्ष ठूला बहुराष्ट्रिय कम्पनीहरूको मूल्यांकन गर्दै वित्तीय प्रदर्शन, ब्राण्डको भूमिका र प्रतिस्पर्धात्मक शक्तिमा आधारित वरीयताहरू निर्धारण गर्छ।