काठमाडौं । युनिलिभर नेपालले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशकरप्रमुख कार्यकारी अधिकृत अम्लान मुखर्जी र ज्वाइन्ट भेन्चर पार्टनर रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
हालैको बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था सहज बनाउने सरकारको प्रयासमा सहयोग पुर्याउन सहयोग गरिएको कम्पनीले जनाएको छ ।
गत असोजको ११ र १२ गते परेको अविरल वर्षाका कारण बाढीपहिरो आउँदा देशका विभिन्न स्थानमा धनजनको क्षति भएको थियो ।
यसअघि कम्पनीले बाढीपहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत सरसफाइका सामग्रीसमेत दिएको थियो ।