काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रूपन्देहीको सिद्धार्थनगर-९, भैरहवामा सञ्चालित रेग्मी मिडिया इंक प्रा.लि.को इन्टरनेट (इमेलसहित) सेवाको अनुमतिपत्र खारेज गरेको जनाएको छ ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार कम्पनीले तोकिएको अवधिभित्र नविकरण नगरेका अनुमतिपत्र खारेज गरिएको हो । दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) मा भएको व्यवस्थाअनुसार कम्पनीको अनुमतिपत्र २०८१ असोज २३ गतेदेखि स्वतः रद्द भएको सूचनामा उल्लेख छ ।
प्राधिकरणले २०७१ असोज २३ मा कम्पनीलाई इन्टरनेट (इमेलसहित) सेवाका लागि अनुमति दिएको थियो ।