काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको काठमाडौं महानगरपालिका–३० स्थित आफ्नो कार्यालय भवन निर्माणका लागि भूमि पूजा कार्यक्रम गरिएको छ । सो भवन आगामी ९ महीनाभित्र निर्माण सम्पन्न गरिने बताइएको छ ।
नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याइने बैंकको भनाइ छ । उक्त भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकतम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिने बताइएको छ ।
कार्यक्रममा बैंकका सञ्चालक समिति अध्यक्ष राजेश उपाध्यायबाट भूमि पूजन कार्यक्रम सम्पन्न थियो । सो कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारी र बैंकका कर्मचारीहरूको उपस्थिति थियो ।
बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।