काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कोशी प्रदेशका ५५ जना अभिकर्ता, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागिता थियो । सो अवसरमा सीईओ सुरेश प्रसाद खत्रीले लक्ष्य पूरा गर्ने अभिकर्तालाई मायाको चिनो प्रदान गरेका थिए । साथै स्किममा व्यवस्था भए अनुरूप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्तालाई सम्मान गरिएको थियो ।
यो कार्यक्रम मधेश प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको र छिट्टै नै अन्य प्रदेशमा पनि गरिने बताइएको छ । कार्यक्रममा सहभागी अभिकर्ताले सीईओ समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षका बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए । यस योजनाले अभिकर्ता र सीईओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्तरक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनमा पनि ल्याउनुपर्ने सुझाव सहभागीको थियो ।