सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघका सदस्यले कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा औषधि उपचार गराउँदा छूट पाउने भएका छन् । संघ र हस्पिटलबीच भएको सम्झौतामा संघका सदस्य, उनीहरूका परिवार तथा र्फम एवं पसलमा कार्यरत कर्मचारीले समेत औषधि उपचारमा छूट पाउने भएका हुन् ।
सम्झौता बमोजिम हस्पिटलले ल्याब, सिटी स्क्यान, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टल, आँखा उपचार, सामान्य बेड र एम्बुलेन्स सेवामा १० प्रतिशत छूट दिने भएको छ । यसैगरी इको, इण्डोस्कोपी, आइसीयु र अपरेशन शुल्कमा १५ प्रतिशत छूट दिने सम्झौतामा उल्लेख छ ।
सामान्य खालको क्याबिनमा २० तथा डिलक्स क्याबिनमा ३० प्रतिशत छूट र होलबडी चेकअपमा २५ देखि ३५ प्रतिशतसम्म छूट दिइने बताइएको छ । संघबाट पाएको सदस्यताको परिचयपत्रका आधारमा अस्पतालले दिने छूट दिने संघका महासचिव भद्र भण्डारीले जानकारी दिए ।