काठमाडौं। सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्राण्ड ‘टोफिचु’अन्तर्गत नयाँ टफी ‘तड्का इम्ली’ बजारमा सार्वजनिक गरेको छ । तड्का इम्ली चाट मसाला र इम्लीको समिश्रण रहेको बताइएको छ ।
टोफिचु तड्का इम्लीको विक्री मूल्य ५ रुपैयाँको २ ओटा कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकको मन जित्नेमा कम्पनी विश्वस्त छ । टोफिचु तड्का आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएकोमा इम्लीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीको अपेक्षा छ ।
मिन्ट–ओ फ्रेस तथा टोफिचुका विभिन्न उत्पादन नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकको मन जित्दै आएको कम्पनीको भनाइ छ । टोफिचुका विभिन्न ब्राण्ड तड्का कच्चा मेन्गो, तड्का लिचि र इक्लियर्स बजारमा छन् ।