काठमाडौं । तामाङ समुदाय तथा ह्योल्मो समुदायले टुँडिखेलमा सोनाम ल्होछारको अवसरमा कार्यक्रम गरेर मनाएका छन् । योसँगै तामाङ समुदायको सांस्कृतिक क्यालेन्डर (पात्रो)मा खरायो वर्ष पूरा भएर गरुड वर्षमा प्रवेश भएको छ ।
यस्तै आजकै दिन चिनियाँ नयाँ वर्ष पनि शुरू हुने गर्छ । काठमाडौंमा सोनाम ल्होछारको तथा चिनियाँ नयाँ वर्षको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना भएको थियो । दरवारमार्गमा चिनियाँ नयाँ वर्षको अवसरमा परेड आयोजना भएको छ । चिनियाँ तथा नेपाली कलाकारले विभिन्न नृत्य प्रस्तुत गरेका छन् । शनिवारदेखि चिनियाँ ड्रागन वर्ष शुरु भएको छ ।
तस्वीरमा हेर्नुहोस् सोनाम ल्होछार र चिनियाँ नयाँ वर्षमा आयोजित कार्यक्रमका केही झलक ।
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान