काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । यो दिवस फेब्रुअरी १४ मा विश्वभर मनाइने गरिन्छ । पछिल्लो समय नेपालमा पनि यो दिवस मनाउनेको संख्या बढ्दो छ ।
यस दिन आफ्नो प्रेमी र प्रेमिकालाई प्रेमको प्रतीक मानिने फूल गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ । साथै मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेमीप्रेमिकाले एकअर्कालाई विभिन्न उपहार दिने गरिन्छ ।
पछिल्लो समय प्रेमी प्रेमिका मात्रै होइन, श्रीमान श्रीमतीले पनि एकअर्कालाई गुलाफ दिएर प्रेम अभिव्यक्त गर्ने गरेका छन् ।
उपत्यकाका फूल पसलहरू, मलहरूलगायत ठाउँमा ‘भ्यालेन्टाइन डे’को चहलपहल देखिन्छ ।
हेर्नुस् तस्वीरहरू