काठमाडौं । बुधवार विहानै पशुपतिस्थित बाग्मती नदीमा माधव नारायण मेला भर्न व्रतालुहरू स्नान गरेका छन्। पौराणिक सहर साँखुमा शुरू भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू मंगलवार साँझ सानो गौचरणमा वास बसेका हुन्।
एक महिने माधवनारायण स्वस्थानीका ब्रतालुहरु उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन्। पौष शुक्ल पूर्णिमादेखि शुरू भएको व्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। स्वस्थानी र माधव नारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास छ । एक महिने व्रत अवधिमा परदेश यात्राको क्रममा खाली गोडा पैदलयात्रा गरि पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती लगायत तीर्थस्थलमा व्रतालु दर्शनका लागि जाने गर्छन्।
तस्वीरहरू : सुनिल शर्मा आर्थिक अभियान