काठमाडौं । आज वैशाख १२ गते अर्थात् आजभन्दा ठीक १० वर्षपहिले भूकम्प गएको दिन ।
२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । उक्त भूकम्पमा परी करीब ९ हजार जनाले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।
सोही विनाशकारी भूकम्पको स्मृतिमा आज काठमाडौंको धरहरा परिसरमा भूकम्प स्मृति दिवस मनाइएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थिति रहेको थियो ।