काठमाडौं । बालाजुस्थित बाइस धारामा आज (शनिवार) विशेष मेला लागेको छ । चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्नान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरू जाने गरेका छन् ।
बाइस धारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ ।
बाइस धारामा स्नान लागि बालबालिकादेखि वृद्धवृद्धासम्म पुगेका थिए । चैत शुक्ल पूर्णिमामा बाईस धारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास छ ।
हेर्नुस तस्वीरहरू