काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव संशोधन गरेको छ ।
२०८० जेठ २७ गते कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले १ अर्ब २३ करोड ५ लाख रुपैयाँका आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीलाई ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि विद्युत नियमन आयोगले २०८० माघ २२ गते शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको थियो ।
कम्पनीले एक वर्षअघि गरेको निर्णयलाई अहिले आएर संशोधन गर्दै ६५ प्रतिशत हकप्रद जारी गर्ने निर्णयमा पुगेको हो । कम्पनीले हकप्रद शेयर संशोधन प्रस्ताव चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको हो ।