काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं संस्करणको ‘चेम्बर एक्स्पो २०२५’ बिहीवारबाट शुरु भएको छ ।
नेपाल चेम्बर अफ कमर्सको आयोजनामा शुरु भएको एक्स्पोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
स्थानीय उत्पादनहरूको प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।
यो वर्ष मेलामा सफ्टवेयर एन्ड एआई प्रोजेक्ट स्टल राखिएको उनले जानकारी दिए ।
मेलामा कृषिजन्य वस्तु, हस्तकला, लत्ताकपडा, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होम अप्लायन्स, लजिस्टिछक, टेक्स्टायल, फर्निचर, तयारी पोशाक, छालाजन्य वस्तु, गरगहना, कस्मेटिक्स, खाद्य तथा दुग्ध उत्पादनलगायत सामग्री प्रदर्शनी गरिएको छ । मेला माघ २१ सम्म चल्ने छ ।