पोखरा। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन फुटादा अर्थमन्त्री बिष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्ष लेखिएको व्यानरलाई आकाशमा उडाउन प्रयोग भएको ग्याँस भरिएको बेलुनमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन । बेलुनको आगो पौडेल र आचार्यको टाउकोमा खस्दा आचार्यको देब्रे गाला र कपाल डढेको छ भने पौडेलको कपाल डढेको छ । दुबै जनालाइ उपचारका लागि अस्पताल पुराइएको छ ।
डिजिटल रुपमा स्विच थिचेर स्वत पानसमा बत्ती बलेको थियो । सोहि बत्तीबाट बेलुनमा आगो लागेको थियो ।