काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल, तारागाउँ रिजेन्सी हाेटल र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । यी तीन कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ७२४ दशमलव ०९ कायम भएको छ । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९६ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै नेप्सेले तारागाउँ रिजेन्सी होटलको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ८३६ दशमलव ६३ कायम भएको छ । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७० दशमलव १० मा अन्तिम कारोबार भएको थियो ।
नेप्सेले फर्स्ट माइक्रोफाइनान्सको ७ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६२२ दशमलव ३३ कायम भएको छ । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६६९ मा अन्तिम कारोबार भएको थियो ।
नेप्सेले यी तीन कम्पनीको बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा भोलि अर्थात् बिहीवार यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।