काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले यस वर्षको ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
कम्पनीले गत पुस २४ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित उक्त नगद लाभांश (करबाहेक) सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गरेका हुन् ।
पुस ४ गतेसम्म कम्पनीको शेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई राखिएकाले फुकुवा भैसकेको भए फुकुवा पत्र पेश गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।