काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले १८ करोड ६७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म १८ करोड १६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष शून्य दशमलव २९ प्रतिशतले मात्र खुद नाफा बढाएको हो ।
यस वर्ष कम्पनीको सञ्चालन आम्दानी करीब ९ प्रतिशत बढेको छ । गत वर्ष ६३ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालन आम्दानी यस वर्ष ६९ करोड ४८ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
अन्य आम्दानी पनि यो वर्ष बढेको छ । गत वर्ष ७ करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको अन्य आम्दानी यस वर्ष ७ करोड ८५ लाख रुपैयाँभन्दा बढी छ ।
गत वर्ष ३३ करोड १८ लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालन खर्च यस वर्ष ३६ करोड ३९ लाख रुपैयाँभन्दा बढी छ । १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम १ अर्ब १० करोड रुपैयाँभन्दा बढी कायम छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको कुल दायित्व भने १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रहेको देखिन्छ ।
प्रतिशेयर आम्दानी गत वर्षभन्दा यस वर्ष घटेको छ । गत वर्ष ९ रुपैयाँ ६३ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्ष ९ रुपैयाँ ५२ पैसा कायम छ । गत वर्ष १४५ रुपैयाँ ६४ पैसा रहेको प्रतिशेयर नेटवर्थ भने बढेर १५६ रुपैयाँ ४८ पैसा पुगेको छ ।