काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार मंगलवार फुकुवा गरेको छ ।
मानवीय त्रुटिका कारण समयमा लाभांश घोषणासम्बन्धी जानकारी समयमा बुझाउन नसकिएको भन्दै कम्पनीले स्पष्टीकरण दिएपछि नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।
कम्पनीले यही मंसिर १८ गते लाभांश घोषणासम्बन्धी जानकारी समयमा नै नदिएको भन्दै नेप्सेले होटल्सको शेयर कारोबार रोक्का गरेको थियो ।