काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ३०० रूपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ४९ हजार ८०० रूपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४९ हजार ५०० रूपैयाँ निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।
बुधबार प्रतितोला १ लाख ४९ हजार १०० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ४८ हजार ८०० निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला १ हजार ८९५ मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ८६० रूपैयाँ निर्धारण भएको छ ।