अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार (जनवरी २०, २०२५) केही कार्यकारी आदेश र निर्देशनहरू जारी गर्दै ऊर्जादेखि आपराधिक माफी र आप्रवासन सम्मका मामिलामा आफ्नो कदम चाल्न खोजेका छन् । उनले डब्ल्यूएचओबाट बाहिरिने, वैदेशिक विकास सहायता कार्यक्रमहरू रोक्ने, बाइडेन प्रशासनका सबै निर्णयहरूको छानविन गर्ने तथा खारेज गर्ने लगायत आप्रवासन, जलवायुजस्ता महत्वपूर्ण विषयमा कार्यकारी आदेश तथा कार्बाहीहरूमा हस्ताक्षर गरेका छन् ।
४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेका ट्रम्पले सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवनमा आक्रमण गर्ने करिब १ हजार ५०० व्यक्तिलाई माफी दिएका छन् । अति दक्षिणपन्थी प्राउड ब्वाइज र ओथ किपर्स संगठनका १४ सदस्यहरूको सजाय पनि कटौती गरेको छन् जसलाई देशद्रोही षड्यन्त्र गरेको भन्दै दोषी ठहर गरिएको थियो । उनले अमेरिकी महान्यायाधिवक्तालाई दंगासँग सम्बन्धित विचाराधीन मुद्दाहरू फिर्ता लिन पनि निर्देशन दिएका छन् ।
ट्रम्पले अमेरिका–मेक्सिको सीमामा अवैध आप्रवासनलाई राष्ट्रिय आपतकाल घोषणा गर्ने, आपराधिक गिरोह आतंकवादी संगठनको रूपमा घोषणा गर्ने र अवैध रूपमा अमेरिकामा जन्मेका आप्रवासीका छोराछोरीलाई स्वचालित नागरिकता दिने आदेशमा हस्ताक्षर गरे।
अमेरिकी शरणार्थी पुनर्स्थापनासम्बन्धी ट्रम्पको आदेशले कम्तीमा चार महिनाका लागि यो कार्यक्रम स्थगन गर्ने र केही देशका यात्रुलाई यात्रा प्रतिबन्ध लगाउने वा नपर्ने बारे सुरक्षाको पुनरावलोकन गर्न आदेश दिने अधिकारीहरूले बताएका छन् । आदेशमा भनिएको छ, 'संयुक्त राज्य अमेरिकामा ठूलो संख्यामा आप्रवासीहरूलाई समायोजन गर्ने क्षमताको अभाव छ।
ट्रम्पले अघिल्लो प्रशासनका ७८ वटा कार्यकारी कदम खारेज गरेका थिए । ट्रम्पले भने, 'म अघिल्लो प्रशासनका करिब ८० विध्वंसकारी र कट्टरपन्थी कार्यकारी कार्यहरू खारेज गर्नेछु । ट्रम्पले बाइडन प्रशासनअन्तर्गत 'राजनीतिक उत्पीडन' सँग सम्बन्धित सबै अभिलेख सुरक्षित राख्न हरेक एजेन्सीलाई निर्देशन दिने आदेशमा पनि हस्ताक्षर गर्ने बताएका छन् ।
सन् २०२१ मा पूर्व राष्ट्रपति जो बाइडनको कार्यकालको पहिलो दिनदेखि गत हप्तासम्मका कार्यकारी आदेशहरूमा लागू गरिएको यो निर्णयले कोभिड राहतदेखि अश्वेत अमेरिकीहरूका लागि समान अवसर र स्वच्छ ऊर्जा उद्योगहरूको प्रवर्द्धन सम्मका विषयहरू समेटेको छ।
ट्रम्पले विविधता, समानता र समावेशीकरण (डीईआई) लाई बढावा दिने र लैंगीक अल्पसख्यक र जातीय अल्पसंख्यकहरूको अधिकारलाई बढावा दिने कार्यकारी आदेशहरू पनि खारेज गरे। बाइडनले हस्ताक्षर गरेका ७८ वटा खारेज गरिएका कार्यकारी आदेशमध्ये कम्तीमा एक दर्जन जातीय समानतालाई समर्थन गर्ने र समलिंगी तथा तेस्रोलिंगीविरुद्ध हुने भेदभावविरुद्ध लड्ने एक दर्जन कदम समावेश थिए ।
ट्रम्पले सरकारी भर्ती र नयाँ संघीय नियमहरू रोक्का गर्ने आदेशहरूमा हस्ताक्षर गरेका छन् । साथै बाइडेन प्रशासनले नियुत्ति दिएका संघीय कर्मचारीहरूलाई तुरुन्तै पूर्ण-समय व्यक्तिगत काममा फर्कन आदेश दिए। ट्रम्पले भने, "हामी केवल सक्षम व्यक्तिहरूलाई भर्ती गर्दैछौं जुन अमेरिकी जनताप्रति वफादार छन् ।"
ट्रम्पले सबै कार्यकारी विभाग र निकायका प्रमुखलाई अमेरिकी जनतालाई आपतकालीन मूल्य राहत प्रदान गर्न र अमेरिकी कामदारको समृद्धि बढाउन निर्देशन दिएका छन् । ट्रम्पको आदेशमा भनिएको छ, 'विगत चार वर्षमा बाइडेन प्रशासनको विनाशकारी नीतिले अमेरिकी जनतामाथि ऐतिहासिक मुद्रास्फीति संकट निम्त्याएको छ ।
ट्रम्पले पेरिस जलवायु सन्धिबाट बाहिरिने विषयमा पनि हस्ताक्षर गरेका छन् जसमा संयुक्त राष्ट्रसंघ लाई लेखिएको पत्र पनि समावेश गरिएको छ ।
ट्रम्पले नोभेम्बर ५ मा भएको राष्ट्रपतीय चुनावमा विजय हासिल गरेदेखि नै व्यापक रूपमा अपेक्षा गरिएको यो घोषणाले विश्वव्यापी तापक्रममा १.५ डिग्री सेल्सियसको वृद्धि हुनबाट जोगाउने सम्झौताको प्रमूख लक्ष्यलाई थप संकटमा पारेको छ। ट्रमको आदेशमा भनिएको छ, 'संयुक्त राज्य अमेरिका र अमेरिकी जनताको हितलाई पहिलो प्राथमिकतामा राख्ने मेरो प्रशासनको नीति हो ।'
उनले सन् २०२३ मा आर्कटिकमा करिब एक करोड ६० लाख एकड जमिनमा तेल उत्खननमा रोक लगाउने बाइडनको निर्णय खारेज गर्दै सरकारले संघीय भूमि र पानीमा ऊर्जा अन्वेषण र उत्पादनलाई प्रोत्साहित गर्नुपर्ने र विद्युतीय सवारी साधन (इभी) म्यान्डेट लाई समाप्त गर्नुपर्ने बताएका थिए ।
अर्को आदेशले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ महामारी र अन्य अन्तर्राष्ट्रिय स्वास्थ्य संकटलाई गलत तरिकाले व्यवस्थापन गरेको भन्दै संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य संगठनको सदस्यबाट फिर्ता लिएको छ ।
ट्रम्पले संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सीको लामो समयदेखि गरेको आलोचनासँग मेल खाने यो योजनाले अमेरिकी विश्वव्यापी स्वास्थ्य नीतिमा नाटकीय परिवर्तनको सङ्केत गर्दछ र महामारीसँग जुध्ने अन्तर्राष्ट्रिय प्रयासबाट वासिङ्टनलाई अलग गरेको छ । ट्रम्पले संगठनका धेरै आलोचकहरूलाई सार्वजनिक स्वास्थ्यको शीर्ष पदहरूमा मनोनीत गरेका छन् । जसमा रोबर्ट एफ केनेडी जुनियर पनि छन् ।
ट्रम्पले अमेरिकी सरकारलाई नाटकीय कटौती गर्ने उद्देश्यले डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी नामक एक सल्लाहकार समूह गठन गर्ने एक कार्यकारी कार्बाहीको आदेशमा हस्ताक्षर गरेका छन् । टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले 'डीओजीई' नाम दिइएको यो समूहलाई सम्पूर्ण संघीय एजेन्सीहरुलाई हटाउने र संघीय सरकारका तीन चौथाइ रोजगारी कटौती गर्ने र सरकारी खर्च कटौती लक्ष्य राखेका छन् ।
राष्ट्रपतिट्रम्पले अर्को एक आदेशमा न्याय विभाग, धितोपत्र तथा विनिमय आयोग, संघीय व्यापार आयोगलगायत संघीय सरकारका विगत चार वर्षमा भएका कामकारबाहीको छानबिन गर्न महान्यायाधिवक्तालाई निर्देशन दिइएका छन्।
राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अभिव्यक्ति स्वतन्त्रताको पुनर्स्थापना र संघीय सेन्सरसिपको अन्त्य गर्ने भएका छन् । ह्वाइट हाउसले भनेको छ, 'गलत सूचना, भ्रामक सूचनाको सामना गर्ने बहानामा संघीय सरकारले अमेरिकी नागरिकको संविधानद्वारा संरक्षित अभिव्यक्ति अधिकारको उल्लङ्घन गरेको छ ।'
ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरूले डेमोक्र्याटिक पूर्व राष्ट्रपति बाइडेनको प्रशासनले अनलाइन प्लेटफर्ममा अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन प्रोत्साहित गरेको आरोप लगाएका थिए।
ट्रम्पले राष्ट्रिय ऊर्जा संकटकालको घोषणा गर्दै रणनीतिक तेल भण्डार भर्ने र विश्वभरि अमेरिकी ऊर्जा निर्यात गर्ने वाचा गरेका थिए । उनले अमेरिकी तेल र ग्याँस उत्पादनलाई अधिकतम गर्न एक व्यापक योजना प्रस्तुत गरेका छन् । जसमा राष्ट्रिय ऊर्जा आपतकाल घोषणा गर्ने,अतिरिक्त नियमहरू हटाएर र जलवायु परिवर्तनसँग लड्नको लागि अन्तर्राष्ट्रिय सम्झौताबाट अमेरिकालाई फिर्ता हुने उल्लेख छ ।
ट्रम्पले उक्त आदेशले उपभोक्तामूल्य घटाउन र अमेरिकी राष्ट्रिय सुरक्षामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले अलास्कामा तेल र ग्याँसको विकासलाई बढावा दिने उद्देश्यले केहि आदेशहरूमा हस्ताक्षर गरे गरेका छन् जसले विशाल आर्कटिक भूमि र पानीलाई ड्रिलिङबाट जोगाउने बाइडेनको प्रयासलाई उल्ट्याउने छ। ट्रम्पले आफ्नो उद्घाटन भाषणमा कुनै विशेष ट्यारिफ योजनाहरू उल्लेख गरेका छैनन् ।
ट्रम्पले बाइडेन प्रशासनद्वारा समर्थित र अन्य १०० भन्दा बढी देशहरूसँग गरिएको विश्वव्यापी न्यूनतम कर्पोरेट कर सम्झौतामा अमेरिकाभित्र "कुनै बल वा प्रभाव" नरहेको घोषणा गर्दै एक कार्यकारी कार्बाहीमा हस्ताक्षर गरेका छन्। ट्रम्पले सोमबार विदेशी विकास सहायतामा ९० दिनका लागि रोक लगाउने आदेश दिएका छन् । ट्रम्पद्वारा हस्ताक्षरित कार्यकारी आदेशमा भनिएको छ, 'संयुक्त राज्य अमेरिकाको वैदेशिक विकास सहायता कार्यक्रमहरूको जिम्मेवारी लिएका सबै विभाग र एजेन्सी प्रमुखहरूले विकास सहायता कोषको नयाँ दायित्व र वितरण लाई तत्काल रोक्नु पर्नेछ।' एजेन्सीको सहयोगमा