logo
ट्रम्पले अमेरिकाको चुनावसम्बन्धी नियममा गरे बदलाव, कार्यकारी आदेशमा हस्ताक्षर
ट्रम्पले अमेरिकाको चुनावसम्बन्धी नियममा गरे बदलाव, कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । फाइल तस्वीर
१३ चैत्र २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव सम्बन्धी नियममा परिवर्तन गरेका छन् । ट्रम्पले मंगलवार यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । 

आदेशअनुसार अब संघीय चुनावमा मतदानका लागि नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने भएको छ । 

यस्तै, चुनावको दिनसम्म प्राप्त हुने मतपत्रको मात्रै गन्ती गरिने भएको छ । अब चुनाव समाप्त भइसकेपछि प्राप्त हुने मेल–इन ब्यालटलाई अवैध मानिने व्यवस्था गरिएको छ ।  

चुनाव सुरक्षाका लागि उक्त कदम आवश्यक रहेको ट्रम्पले बताएका छन् । 

ट्रम्प अमेरिकाको चुनावी प्रक्रियाबारे लामो समयदेखि आलोचना गर्दै आएका थिए । विशेषगरी सन् २०२० मा सम्पन्न राष्ट्रपतिको चुनावमा जो बाइडेनसँगको पराजयपछि उनले चुनावमा धाँधली र धोखाधडीको आरोप लगाएका थिए । ट्रम्पले खासगरी पुरुष मतदाताबाट धोखाधडी हुने आरोप लगाउँदै आएका थिए । 

नयाँ कार्यकारी आदेश जारी भएपछि ट्रम्प प्रशासनले मतदाता सूची सार्वजनिक गर्न र चुनाव अपराधबारे मुद्दा दर्ता गर्नका लागि संघसँग मिलेर काम गर्न राज्यहरूलाई आह्वान गरेका छन् । राज्यले उक्त आदेश पालना नगरे संघीय वित्त पोषण रोक्ने ट्रम्प प्रशासनको चेतावनी छ । 

ट्रम्पको यो आदेशलाई विभिन्न राज्यहरूले अदालतमा चुनौती दिने तयारी गरेका छन् ।  

अमेरिकामा सबै राज्यका मतदानका नियम एकरूपता छैन । टेक्सास, जर्जियालगायत राज्यहरूमा मतदान गर्नका परिचयपत्र  ड्राइभिङ लाइसेन्स, पासपोर्ट) देखाउनुपर्छ ।  

क्यालिफोर्निया, न्युयोर्कलगायत राज्यहरूमा भने नाम, ठेगाना बताएर वा बिजुलीको बिलजस्ता साधारण प्रमाण देखाएर मतदान गर्न सकिन्छ । एजेन्सीको सहयोगमा
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.