अमेरिकी प्रशासनमा आएको परिवर्तनसँगै विश्वमा नयाँ वाणिज्य अभ्यासको प्रबलता रहने सम्भावनाका माझ विश्वका हरेक मुलुकहरूले आन्तरिक तयारीको आरम्भ गरेका छन् । अमेरिकी नीतिहरूले पार्ने प्रभाव, अवसर र चुनौतीहरूसँग जुध्न आन्तरिक नीति पुनरवलोकनसहित संरचनागत सुधारका प्रयासमा मुलुकहरूका ध्यान केन्द्रित हुन थालेका छन् । अमेरिकी प्रशासनमा आएको परिवर्तन र यूरोपमा उदाउँदो सनातनी अभियानले पनि विश्व व्यापार पहिलेजस्तो नहुने र शक्ति राष्ट्रहरूबीच अन्तरराष्ट्रिय व्यापारका क्षेत्रमा तात्त्िवक परिवर्तनहरू आउने र त्यसले वर्तमान विश्वको वैदेशिक व्यापारको दिशा परिवर्तन हुने संकेतहरू देखिन थालेका छन् । यूरोपेली संघ ९ईयू० ले आयातको अभ्यासमा भन्सार दर र गुणस्तरका प्रावधानका अतिरिक्त नैतिक र वातावरणीय पक्षलाई समेत प्रमुख मानकका रूपमा स्थापित गर्न थालेको छ । यी मानकलाई अन्तरराष्ट्रिय व्यापार नियमनको आधार मान्ने गरी अन्य आर्थिक शक्तिहरूले अभ्यास गर्ने सम्भावना रहेको छ ।
यसरी विकसित नयाँ घटनाक्रमहरूको सबैभन्दा ठूलो प्रभाव पहिरनको अन्तरराष्ट्रिय व्यापारमा पर्ने निश्चितप्रायस् भएको छ । अब तयारी पोशाकका आयातकर्ता मुलुकहरूले कुन देशको पहिरन आयात गर्ने भन्ने विषय गौण सरोकार र कुन देशको कपास या धागो या कपडाबाट ती पहिरन तयार गरिएका हुन् भन्ने विषय प्रधान सरोकारको विषय बन्ने देखिएको छ । यो अभ्यास यत्तिमा मात्र सीमित छैन । ती पहिरन उत्पादन गर्ने उद्योगहरूमा कुन देशका उद्यमीहरूको लगानी छ भन्ने विषयले पनि उत्तिकै सरोकार राख्ने देखिएको छ ।
तयारी पोशाकको निर्यातमा नेपाललाई प्राप्त अवसर र चुनौतीहरूको मिहीन विश्लेषण गरी तयारी पोशाकको समग्र विकासका लागि एकीकृत पहुँचको अवधारणामा रही यस क्षेत्रको सर्वांगीण विकास गर्नु आवश्यक रहेको छ ।
नेपाल अल्पविकसित मुलुकहरूबाट विकसित मुलुकमा स्तरोन्नति हुँदा अहिले पाइरहेका भन्सार सुविधा र उत्पत्तिको नियममा उपलब्ध छूटहरूमा गुम्ने देखिन्छ । कम्तीमा दुई तहको प्रशोधन भएका उत्पादनहरूमात्र निर्यात गर्न पाउने ईयूका प्रावधानले ती देशमा नेपालको तयारी पोशाकको निर्यात सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । यस अवस्थामा कपडा आयात गरेर तयारी पोशाक निर्यात हुने सम्भावना छैन । यदि ईयूका देशहरूमा भन्सार सहुलियतमा नेपालका तयारी पोशाकहरू निर्यात गर्ने हो भने कम्तीमा धागो आयात गरी कपडा नेपालमै उत्पादन गरी तयारी पोशाकहरू बनाई निर्यात गर्नुपर्ने हुन्छ ।
उपर्युक्त पृष्ठभूमिमा तयारी पोशाकको निर्यातमा नेपाललाई प्राप्त अवसर र चुनौतीहरूको मिहीन विश्लेषण गरी तयारी पोशाकको समग्र विकासका लागि एकीकृत पहुँचको अवधारणामा रही यस क्षेत्रको सर्वांगीण विकास गर्नु आवश्यक रहेको छ ।
बदलिँदो विश्व परिवेशमा अहिलेका तयारी पोशाकका प्रमुख निर्यातकर्ता मुलुकहरूप्रति विश्वका प्रमुख आयातकर्ता मुलुकहरू अनुदार हुने देखिन्छ । अहिलेको समय त्यस संक्रमणबाट गुज्रिँदै गएको छ । यस संक्रमणकालबाट लाभ लिने गरी नेपालले आफ्नो क्षमता अभिवृद्धि गर्ने पक्षमा दृढताका साथ लाग्नुपर्ने आवश्यकता अहिले अझ टड्कारो भएर आएको छ ।
उक्त अवसरसँग चुनौतीहरू पनि त्यत्तिकै गहन र मननयोग्य छन् । विश्वका प्रमुख आयातकर्ताहरू प्रमुख निर्यातकर्ताका पहिरनको आयातसँग मात्र अनुदार हुने होइन, परन्तु उनीहरूको मूल्य र आपूर्ति शृंखलाप्रति अनुदार हुने लक्षणहरू देखिएका छन् । फलाना देशको कपासबाट उत्पादित कपडामा प्रतिबन्ध लगाउने, अमुक देशको कपडाका निर्मित तयारी पोशाकको आयातमा प्रतिबन्ध लगाउने, अमुक देशका उद्यमीहरूको लगानी भएका तयारी पोशाक उद्योगबाट उत्पादित तयारी पोशाकको आयातमा प्रतिबन्ध लगाउनेजस्ता विषय निकट भविष्यमा प्रबल हुँदै जाने देखिएको छ ।
उपर्युक्त परिवेशमा नेपालमा कपडाका कच्चापदार्थ उत्पादन गर्ने चुनौती सबैभन्दा प्रबल रूपमा विद्यमान रहेको छ । ती उत्पादन पनि वातावरणमैत्री, श्रममैत्री र गुणस्तरमैत्री तथा परिमाणमैत्री हुनुपर्ने छ । यी क्षेत्रमा प्रतिस्पर्धी हुने गरी देशभित्र व्यापक मूल्य शृंखलाको विकास गर्ने चुनौती हाम्रासामु टड्कारो रूपमा देखापरेको छ ।
उपर्युक्त पृष्ठभूमिमा विश्वमा तयारी पोशाकको आयातको प्रवृत्ति आकर्षक रहेको छ । विगत २४ वर्षमा विश्वमा तयारी पोशाकको आयातमा लगभग दुई गुणाले वृद्धि भएको छ । यस अवधिमा सन् २००४मा तयारी पोशाको विश्व आयात २५९ अर्ब यूएस डलर रहेकोमा सन् २०२३ मा सो ४४७ अर्ब यूएस डलर पुगेको छ । आयातको आकर्षक वृद्धिमा विश्वमा तयारी पोशाकका प्रमुख आयातकर्ता मुलुकहरूमा युएसए, जर्मनी, फ्रान्स, जापान, स्पेन, यूके, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, दक्षिण कोरियाजस्ता मुलुकको आयातको योगदान रहे तापनि अन्य साना आयातकर्ता मुलुकहरूको योगदान पनि उल्लेख्य रहेको छ । सुखद विषय भनेको ती सबै मुलुकहरूसँग नेपालको प्रगाढ सम्बन्ध रहेको छ र नेपाली उत्पादनहरूप्रति ती देशमा सरकारी तह र जनस्तरमा बेग्लै सद्भाव रहेको छ ।
नेपाली उत्पादनको विशेषताको बारेमा प्रचारप्रसार गर्दै वातावरणमैत्री नैतिक पक्ष सम्बोधन गरेको मूल्यप्रतिस्पर्धी गुणस्तरीय पहिरनहरू पर्याप्त मात्रामा उत्पादन गर्दै ग्राहकले निर्धारण गरेको समयमा आपूर्ति गर्न सक्ने क्षमता प्राप्त गर्ने हो भने पहिरन उत्पादनहरूले नेपालको अर्थतन्त्रमा रहेका थुपै्र नकारात्मक तानाबानाहरूलाई सुल्टाउने क्षमता राख्छ ।
विश्वको तयारी पोशाक निर्यातको आयाम भन्ने भिन्न रहेको छ । विश्वका प्रमुख निर्यातकर्ता मुलुकहरूमा चीन, बंगलादेश, भियतनाम, इटाली, जर्मनी, टर्की, फ्रान्स, भारत, स्पेन र नेदरल्यान्ड्स रहेका छन् । यस निर्यातमा एशियाली मुलुक र यूरोपेली मुलुकहरूको बाहुल्य रहेको छ । चीन, बंगलादेश, भियतनाम र भारत एशियाका तयारी पोशाकका प्रमुख खेलाडीका रूपमा रहेका छन् भने यूरोपेली मुलुकहरू इटाली, जर्मनी फ्रान्स, स्पेन, नेदरल्यान्ड्स र टर्र्की तयारी पोशाकका प्रमुख आपूर्तिकर्ता मुलुकका रूपमा रहेका छन् । सस्तो उत्पादकका लागि ख्याति पाएका एशियाली मुलुकहरू चीन, बंगलादेश, भियतनाम र भारतको विशेषता भन्दा भिन्नै विशेषता बोकेका यूरोपेली मुलुकहरूको तयारी पोशाकको निर्यातमा बहुमूल्य ब्रान्डेड पोशाकको बाहुल्य रहेको छ । यसरी एशिया र यूरोप तयारी पोशाकका भिन्दाभिन्दै विशेषता बोकेका तयारी पोशाकका दुई महत्त्वपूर्ण आपूर्ति केन्द्रका रूपमा रहेका छन् । यसरी हेर्दा नेपाललाई तयारी पोशाकका यी दुवै थरी आयामका रूपमा विकास गर्ने सम्भावना रहेको छ ।
नेपालको तयारी पोशाकको वर्तमान अवस्था भने भिन्न प्रकारको रहेको छ । तयारी पोशाक नेपालको प्रमुख निर्यातजन्य वस्तुका रूपमा उदाउँदा तयारी पोशाकको आयात भने भीमकाय रहेको छ । आर्थिक वर्ष २००८र०९ को तुलनामा तयारी पोशाककोे आयातमा ७ गुणा वृद्धि भएको छ भने तयारी पोशाकको निर्यातमा भने केवल २ गुणामात्र वृद्धि भएको छ । नेपालबाट हुने आयातमा चीनको अंश ७० प्रतिशत रहेको छ भने २८ प्रतिशत पहिरनको आयात भारतबाट हुने गरेको छ । आर्थिक वर्ष २००८र०९मा नेपालको तयारी पोशाकको निर्यात रू। ६ अर्ब १८ करोड र आयात रू। ४ अर्ब ८२ करोड भई नेपाल खुद निर्यातकर्ताको रूपमा रहेको थियो । परन्तु आर्थिक वर्ष ९आव० २०१०र११ देखि नेपाल तयारी पोशाकको खुद आयातकर्ता मुलुकका रूपमा देखा पर्दै आव २०२३र२४ मा रू। ११ अर्ब ९९ करोडको निर्यात र ३५ अर्ब १७ करोडको आयातसहित पहिरन क्षेत्रमा नेपालको व्यापारघाटा मात्रै रू। २३ अर्ब १८ करोड पुगेको छ ।
माथि उल्लिखित तथ्यांक र परिवेशले तयारी पोशाकका लागि नेपालभित्र र बाहिर दुवैतर्फ विशाल सम्भावना रहेको छ । आवश्यकता भनेको यी सम्भावनाहरूलाई व्यवहारमा उतार्ने पहिरन उद्योगको समग्र विकासको उपयुक्त अवधारणाको रहेको छ ।
कुनै जटिल विषयलाई उपमा दिनुपर्दा तानाबाना भन्ने गरिन्छ जुन शब्दको व्युत्पत्ति पहिरन क्षेत्रबाट विकास भएको हो । निश्चय नै यस उद्योगको विकास गर्न पर्दा नेपथ्य र अग्रभाग दुवैतर्फ धेरै तानाबानाहरूको विकास गर्न र सुल्झाउन बेग्लै किसिमको योग्यताको आवश्यकता पर्छ । यी तानाबानाहरूको व्यवस्थापन गर्न कच्चापदार्थदेखि कपडासम्म र स्वदेशी बजार र बाह्य बजारका सबै पक्षको समानुपातिक विकासका लागि कार्य गर्नु आवश्यक हुन्छ ।
कच्चापदार्थ उत्पादनदेखि बाह्य मुलुकमा ग्राहकका घरसम्म नेपाली पहिरनको पहुँच स्थापित गर्न यस गमनपथभित्रका सबै चरणको विकासमा लाग्नु आवश्यक छ । यसका लागि वर्तमान विश्वमा उपयुक्त मानिएको प्राकृतिक रेशाको विषादीरहित उत्पादन, श्रमको सम्मानसहितको कच्चापदार्थ संकलन र प्रशोधन, धागो उत्पादन, कपडा उत्पादन र तयारी पोशाक उत्पादन यी पाँच चरणमा सरकार र निजीक्षेत्रको व्यापक लगानी आवश्यक देखिएको छ । यसै गरी नेपाली उत्पादनलाई मूल्य, परिमाण, गुणस्तर, आपूर्ति समय, नैतिकता प्रतिस्पर्धी बनाउन यी पाँचओटै क्षेत्रा समेत निजीक्षेत्र र सरकारको व्यापक उपस्थिति र लगानी आवश्यक देखिन्छ । माथि भनिएझैं पहिरन क्षेत्रमा आन्तरिक तानाबनाको अतिरिक्त बाह्य तानाबानाहरू पनि उत्तिकै महत्त्वपूर्ण रहेका छन् । ती तानाबाना भनेको पहिरन उद्योगका सहायक उद्योगहरू हुन् । ती उद्योगहरूमा लेबल, प्याकेज सामग्री उत्पादन, टाँक, बटन जिपर, ट्रिम, इम्ब्रोइडरी, मेशिनरी उत्पादन, रंग उत्पादन, प्राकृतिक डाइङ उद्योग तथा मर्मत, जनशक्ति उत्पादनलगायत अनेकौं उद्योग पर्छन् जो पहिरन क्षेत्रमा मेरूदण्डका रूपमा रहेका छन् ।
यसका अतिरिक्त नेपाली उत्पादनको विशेषताका बारेमा प्रचारप्रसार गर्दै वातावरणमैत्री नैतिक पक्ष सम्बोधन गरेको मूल्यप्रतिस्पर्धी गुणस्तरीय पहिरनहरू पर्याप्त मात्रामा उत्पादन गर्दै ग्राहकले निर्धारण गरेको समयमा आपूर्ति गर्न सक्ने क्षमता प्राप्त गर्ने हो भने पहिरन उत्पादनहरूले नेपालको अर्थतन्त्रमा रहेका थुपै्र नकारात्मक तानाबानाहरूलाई सुल्टाउने क्षमता राख्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।