काठमाडौैं । संघ तथा प्रदेशमा रिक्त रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि आज शनिवार भएको मतदानको समयावधि सकिएको छ । निर्वाचन आयोगले निर्धारण गरेको बिहान ७ बजे देखि सााझ ५ बजे सम्मको समयावधि सकिएको हो ।
समायावधि सकिएसंगै मत पेटिका संकलन, सर्वदलिय बैठक बस्ने र सोहि अनुसार मत गणना शुरू हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना (शनिबार) आजबाटै शुरू गरिने तयारी भएको छ । राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने र त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय गरि मतगणना शुरू गर्ने तयारी भइरहेको जनाइएको छ ।