काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले सेवा सञ्चालनको २९ वर्ष पूरा गरेको अवसरमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले विगतका वर्षदेखि नै आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानीलगायतका सूचकांकमा उल्लेखनीय वृद्धि गर्दै आएको बताएको छ । सोही अवसरमा शाखा कार्यालयमा विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले व्यवसायको साथसाथै समाज सेवाको लागि विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.