काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्षको पछिल्लो दुई महीना (साउन-भदौ)को वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ ।
सार्वजनिक तथ्यांकअनुसार पछिल्लो दुई महीनामा अन्य मुलुकबाट नेपालमा हुने निर्यात १ दशमलव ०८ प्रतिशतले बढेको छ । त्यस्तै नेपालबाट अन्य मुलुकमा हुने निर्यात भने ५ दशमलव १२ प्रतिशतले घटेको छ ।
सो अवधिमा नेपालले विश्वका १२२ देशबाट २ खर्ब ६२ अर्ब बढी मूल्यका वस्तु तथा सेवा आयात गरेको छ भने सोही अवधिमा नेपालले २५ अर्ब ९ करोडभन्दा बढी मूल्यको वस्तु तथा सेवा निर्यात गरेको छ । तथ्यांकअनुसार नेपालले सो अवधिमा ९१.२८ प्रतिशत व्यापार घाटा व्यहोरेको छ ।
सो अवधिमा नेपालले सबैभन्दा बढी भारतबाट १ खर्ब ६० अर्ब बराबरको आयात गरेको छ । त्यस्तै दोस्रोमा चीनबाट ५१ अर्ब १० करोड बढीको आयात गरेको छ । त्यसपछि उक्रेन, अष्ट्रेलिया, कतार, अमेरिका, इन्डोनेशिया, मलेसिया, बहराइन, थाइल्यान्ड लगायतका देशबाट विभिन्न वस्तु तथा सेवा आयात गरेको छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । ३४ अर्बमा १३ करोड ६१ लाख ३९ हजार मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ ।
सबैभन्दा बढी आयात भएका १० वस्तु तथा सेवाहरू (मूल्यका आधारमा)
सबैभन्दा बढी निर्यात भएका १० वस्तु तथा सेवाहरू (मूल्यका आधारमा)