काठमाडौं । सिटि होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत चौथो त्रैमाससम्म कम्पनी २७ करोड ३६ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म ४ करोड ४६ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको वित्तीय खर्च उल्लेख्य मात्रामा बढ्दा खुद नोक्सानी बढेको हो ।
अघिल्लो वर्ष ४ करोड ७६ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च भएको कम्पनीको गत वर्ष ३५ करोड ३६ लाख रूपैयाँभन्दा बढी वित्तीय भएको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको वित्तीय खर्च ६४१ दशमलव ४६ प्रतिशत बढी भएको हो । सञ्चालनबाट आम्दानी अघिल्लो वर्षको तुलनामा १५० प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । अघिल्लो वर्ष १८ करोड ९१ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालनबाट आम्दानी गत वर्ष ४७ करोड ३१ लाख रूपैयाँभन्दा बढी भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रूपैयाँ रहेको छ । अदर इक्वीटी ६ करोड ६ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको दिर्घकालिन कर्जा ३ अर्ब १२ करोड रूपैयाँभन्दा बढी छ । अल्पकालिन कर्जा भने ६ करोड ५ लाख रूपैयाँभन्दा बढी छ । हाल १६ रूपैयाँ ३५ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रूपैयाँ छ ।