वैशाख १६, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हस्ताक्षर गरेका सबै व्यापार सम्झौता पुनरवलोकन गर्दै छन् । व्यापार उल्लङ्घन र दुरुपयोगसम्बन्धी समस्या समाधान गर्न ट्रम्पले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) लगायत अमेरिकाले हस्ताक्षर गरेका सबै अन्तरराष्ट्रिय व्यापार सम्झौताको पुनरवलोकन गर्ने आदेशमा हस्ताक्षर गर्दै छन् । यस आदेशले यी सम्झौतामा भएका समस्या औंल्याउने मात्रै नभएर यी समस्याको वैकल्पिक समाधानसमेत उपलब्ध गराउनेछ । ‘समग्रमा डब्ल्यूटीओ सम्झौताले अमेरिकामा के प्रभाव पारेको छ भन्नेबारेमा प्रणालीगत मूल्याङ्कन कहिल्यै भएको छैन, तसर्थ आदेशले उल्लङ्घन र दुरुपयोग पत्ता लगाउने कोशिश गर्नेछ,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी वाणिज्यमन्त्री विल्वुर रोसले भने । यस आदेशले १ सय ८० दिनभित्र प्रतिवेदन तयार पार्ने लगाउने बताइएको छ । यसले विद्यमान व्यापार सम्झौताअन्तर्गत भइरहेका उल्लङ्घन र दुरुपयोगलाई सम्बोधन गर्ने बताइएको छ । रासस/पीटीआई
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.