काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड ४७ लाख नोक्सानीमा रहेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ८६ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा धेरै रकम छुट्याउदा नोक्सानीमा गएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा रू. २० लाख ६४ हजार छुट्याएकोमा चालू आवमा रू. १६ करोड १३ लाख छुट्याएको छ । सम्भावित जोखिम बापतको ब्यवस्थामा धेरै रकम छुट्याउदा कम्पनीको सञ्चालन नाफा रू. १४ करोड ३७ लाख ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ३ दशमलव १७ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव ९६ प्रतिशत पुगेको छ ।
चुक्ता पूँजी रू. १० करोड ९३ लाख रहेको कम्पनीले जगेडामा रू. २ करोड २० लाख सञ्चिती गरेको छ । कम्पनीले रू. ४७ करोड ४६ लाख सापटि लिएर,रू. ८७ करोड ४१ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ४५ करोड भन्दा बढी कर्जा लगानी गरेको हो । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी रू. २३ दशमलव ८१ ऋणात्मक,तरलता अनुपात १० दशमलव ४५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव १६ रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.