काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले १ करोड ५२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म २ करोड ६६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ४२ दशमलव ८५ प्रतिशत कम खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको आम्दानी १२ प्रतिशत घटेसँगै खुद नाफामा असर परेको हो । गत वर्ष १२ करोड २३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष भने १० करोड ७६ लाख रुपैयाँभन्दा बढी मात्र आम्दानी गरेको हो ।
सञ्चालनबाट आम्दानी गत वर्ष ७ करोड ९७ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ७ करोड २४ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो । गत वर्षभन्दा यस वर्ष वित्तीय खर्च बढी भएको छ । गत वर्ष ५ करोड ३० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च भएकोमा यस वर्ष ५ करोड ७२ लाख रुपैयाँभन्दा बढी यो खर्च भएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ छ भने जगेडा कोष रकम २३ करोड १८ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । कर्जा सापटी गत वर्ष ५ करोड ६० लाख रुपैयाँ रहेकोमा यस वर्ष ८ करोड २९ लाख रुपैयाँ कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रुपैयाँ छ ।