काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूले प्राप्त गर्ने नगद लाभांश बैंक खातामा पठाएको छ । कात्तिक १२ गते सम्मपन्न भएको साधारणसभाले सोही दिनबाट नै नगद लाभांश खातामा पठाउन शुरू गरेको हो । कम्पनीले शेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा १ हजार ७१४ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ ।
साथै कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका शेयरधनीलाई तुरुन्त अपडेट गर्न आग्रह गरेको छ ।
त्यस्तै भौतिक रुपमा कायम रहेका शेयरधनीहरूलाई प्रतिफल रकम लाभांश पुर्जा मार्फत वितरण गरिने हुँदा उनीहरूको कायम ठेगानामा कुरियर मार्फत लाभांश चेक पाठउने कम्पनीले जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रार लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।