काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले पुस २२ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिद्धार्थ कटेज ललितपुर, धोबीघाटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ ।
सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धाणको विषय टुंग्याउनेछ ।
साधारण सभा प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने जानकारी कम्पनीले गराएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरूमात्र सभामा भाग लिन योग्य हुनेछन् ।