वैशाख १९, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २११ धितोपत्रमध्ये युनियन हाइड्रोपावरको सर्वाधिक धितोपत्र खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको रू.२ करोड ८७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२६० दशमलव ५० मा कारोबार भइरहेको छ ।
यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा भने ८ दशमलव ६० प्रतिशतले घटेको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३६ दशमलव ४९ अंक घटेर २ हजार ३१९ दशमलव ६८ विन्दुमा झरेको छ । त्यसैगरी उक्त अवधिसम्ममा कुल रू. ५६ करोड ३३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।