वैशाख ९, काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा वैशाख २३ गते हुने भएको छ ।
कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विशेष सभा कम्पनीको रजिष्टर्ड कार्यालय, धोबिघाट, ललितपुरमा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा कम्पनीको प्रवन्धपत्रको दफा ६ (क) र (ख) संशोधन गर्ने, सञ्चालकको राजीनामा स्वीकृत तथा नयाँ सञ्चालकको नियुक्ति गर्ने रहेको छ ।