काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडलाई १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई उक्त हकप्रद शेयर विक्री गर्न बुधवार अनुमति दिएको हो ।
यस कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि गत वर्षको भदौ ५ गते अनुमति माग्दै निवेदन दिएको थियो । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ छ ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ ।