काठमाडौं । पुस मसान्तसम्ममा सबै बैंकले वार्षिक साधारणसभा गर्नुपर्ने नीति भए पनि १० ओटा वाणिज्य बैंकले अझै साधारणसभाको मिति समेत तय गर्न सकेका छैनन् । आन्तरिक र प्रााविधिक कारण देखाउँदै ती बैंकले तोकिएकै समयमा साधारणसभा गर्न नसकिने जानकारी दिएका हुन् ।
२८ वाणिज्य बैंकमध्ये हालसम्म सानिमा, एनआईसी एशिया र एभरेष्ट बैंकले साधारणसभा गरिसकेका छन् । अन्य १२ बैंकले पुस मसान्तसम्म साधारणसभा सम्पन्न गर्न मिति सार्वजनिक गरिसकेका छन् भने स्ट्यान्डर्ड चार्टर्डले वार्षिक साधारणसभाका लागि माघको पहिलो हप्ताको मिति तय गरेको छ ।
वार्षिक साधारणसभाको मिति तय नगरेको कृषि विकास बैंकले केही समयपछि साधारणसभा गर्ने बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायले भने, ‘हामीले सोमवार मात्रै प्रारम्भिक विवरण पत्र नेपाल राष्ट्र बैंकमा पेश गरेका छौं । केन्द्रीय बैंकले स्वीकृति दिनेबित्तिकै साधारणसभाको मिति सार्वजनिक गर्छौं ।’
अन्य केही बैंक पनि केन्द्रीय बैंकको स्वीकृति पर्खिंदै वार्षिक साधारणसभाको तयारीमा लागिपरेका छन् । नेपाल बैंकका कर्पोरेट प्लानिङ एन्ड रिसर्च डिपार्टमेन्टका लेखनाथ भुसालले भने, ‘कम्पनीको आन्तरिक कारणले साधारणसभाको मिति तय गर्न नसकेका हौं । फागुनसम्ममा मिति घोषणा गर्छौं ।’
प्राइम कमर्शियल बैंक र ओम डेभलपमेन्ट बैंक एक्विजिशनमा जाने भएकाले सभा आयोजना गर्ने मिति तय गर्न ढिलाइ भएको प्राइमका नायब महाप्रबन्धक भाइराजा तुलाधरले बताए । उनका अनुसार बैंकले केही दिनमै साधारणसभाका लागि मिति सार्वजनिक गर्नेछ ।
१९ वािणज्य बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरे पनि केही बैंकको वार्षिक साधारणसभा आयोजना गर्ने मिति तोकेका छैनन् । तीमध्ये ४ बैंकबाहेक अरू बैंकले लाभांश वितरण गर्ने घोषणासमेत गरेका छैनन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.