अलास्का, अमेरिका । अमेरिकी तटरक्षक बलले अलास्काको पश्चिमी तटीय क्षेत्रमा बिहीबार अपराह्न १० जना बेपत्ता भएको विमानको विवरणसँग मिल्दोजुल्दो दुर्घटनाग्रस्त विमान फेला पारेको जनाएको छ ।
विमान पश्चिमी अलास्काको नोम शहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो । विमानमा सवार सबै १० जनाको मृत्यु भएको पुष्टि भएको अमेरिकी तटरक्षक बलले जनाएको छ ।
खराब मौसम र कम भिजिबिलिटीका बीच घण्टौं लामो खोजी अभियानपछि भग्नावशेष फेला परेको हो । अलास्काडिपार्टमेन्ट अफ पब्लिक सेफ्टीका अनुसार बेरिंग एयरले सञ्चालन गरेको टर्बोप्रोप सेसना क्याराभान बिहीबार दिउँसोदेखि बेपत्ता भएको थियो ।
९ जना यात्रु र १ जना पाइलट बोकेको उक्त विमान अलास्काको पश्चिमी भागमा रहेको उनालाक्लिटबाट नोमतर्फ जाँदै गर्दा करिब १९ किलोमिटर टाढा रहेको अमेरिकी तटरक्षक बलले पुष्टि गरेको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान ९ बजे नोम भोलेन्टियर फायर डिपार्टमेन्टले विमानमा सवार सबैका परिवारलाई सूचित गरिएको जानकारी दिएको थियो।