काठमाडौं । ३ पटक सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार नै स्थगित भएको छ । सत्ता गठबन्धन फेरिएको संकेत सोमवार (आज) शेयर बजारमा देखिएको हो ।
आज कारोबार शुरु भएको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि खुलेको कारोबारमा फेरि थप १ प्रतिशत विन्दु अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यसपछि १२ः०४ बजे खुलेको बजारमा बजारमा तेस्रो सर्किट ब्रेक लागेको थियो ।
समग्रमा आज नेप्से परिसूचक ६ प्रतिशत अर्थात् ११७ अंक बढेको छ । यससँगै नेप्से परिसूचक २०७८ विन्दु कायम भएको छ ।
आज पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन दुई सय ३७ कम्पनीको नौ लाख ३४ हजार नौ सय १९ कित्ता शेयर रु ३७ करोड ५२ लाख नौ हजार नौ सय ७८ मूल्यमा कारोबार भएका छन् ।
कारोबार भएकामध्ये दुई सय ३० कम्पनीको शेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।