काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दोल्ती पावर कम्पनी लिमिटेडले विद्युत विक्रीबाट ५ करोड ८३ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ५ करोड ५६ लाख रूपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको हो ।
दोस्रो त्रैमाससम्म कम्पनी ९८ लाख ७२ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी २ करोड २३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यस वर्ष विद्युत विक्री आम्दानी बढेसँगै कम्पनीको खुद नोक्सानी घटेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ६४ लाख ८६ हजार रूपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोष रकम १५ करोड ३९ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा ७० करोड २५ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने रहेको छैन् । गत वर्ष यस अवधिसम्म दिर्घकालिन कर्जा ७१ करोड ५८ लाख रूपैयाँभन्दा बढी रहेको थियो ।
अल्पकालिन कर्जा भने ७ करोड १६ लाख रूपैयाँभन्दा बढी थियो । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १ रूपैयाा ८४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ७१ रूपैयाँ ३० पैसा छ ।