काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार (आज) एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
राधी जलविद्युत कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ३६४ दशमलव ८७ कायम भएको छ ।
नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
बुधवार दोस्रो बजारमा कम्पनीको अन्तिम कारोबार हुँदा शेयर मूल्य रू. ३८२ दशमलव २० थियो । यही समायोजित मूल्यलाई आधार मानेर उक्त कम्पनीको शेयर भोलि (बिहीवार)देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।